मलेसियासँगको पाँच खेलको द्विपक्षीय टि–२० क्रिकेट श्रृंखलाको पहिलो खेलमा नेपाली महिला राष्ट्रिय क्रिकेट टोली ३ रनले पराजित भएको छ। मलेसियाली महिला टोलीले दिएको १०५ रनको लक्ष्य पछ्याउने क्रममा नेपाली टोलीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १०१ रनमा रोकिएपछि ३ रनको नमिठो हार ब्यहोरेको हो।
पहिले ब्याटिङ गरेको मलेसियाली महिला टोलीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १०४ रन जोडेको थियो। जसमा विनिफ्रेड एडीले २७ रन, अन्नि हामीजाहले २६ रन र मास इलिसाले २५ रनको योगदान दिएकी थिइन्। नेपालका तर्फबाट बलिङमा सोमु बिस्टले २ र रुविना क्षेत्रीले एक विकेट लिइन्।
जवाफी ब्याटिङमा उत्रिएको नेपाली महिला टोलीका तर्फबाट पूजा महतोले ३० रन, सम्झना खड्काले १८ रन र कविता जोशीले १३ रनको योगदान दिइन्। मलेसियाली बलरमा नुर दानियाले ३ विकेट, विनिफ्रेड एडीले २ विकेट र आएस्या एलिसाले २ विकेट लिइन।
प्रकाशित: १६ आश्विन २०८२ १५:२० बिहीबार



