नेपाल काभा पुरुष भलिबल च्याम्पियनसिपमा जितविहीन बनेको छ। पाँचौं तथा लिग चरणको आफ्नो अन्तिम खेलमा नेपाल सोमबार उज्वेकिस्तानसँग सोझो सेटमा पराजित भएसँगै नेपाल जितविहीन हुँदै समूहचरणबाटै बाहिरिएको हो।
नेपाली टोली पाकिस्तानसँग सोझो सेटमा तथा बंगलादेश, श्रीलंका र काजकस्तानसँग प्रतिस्पर्धात्मक पाँचौं सेटमा पराजित भएको थियो।
पाकिस्तानको इस्लामावादमा भएको समूह चरणको आफ्नो अन्तिम खेलमा उज्वेकिस्तानविरुद्धको पहिलो सेट २४-२६ ले गुमाएको नेपालले दोस्रो २०-२५ र तेस्रो २२-२५ ले उज्वेकिस्तानलाई सुम्पिएको थियो।
प्रकाशित: ११ श्रावण २०८३ १२:४६ सोमबार



