खेल

सुरुवाती दबाबमा नेपाल: तेस्रो ओभरमै कुशल भुर्तेल र देव खनाल आउट

एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत पाकिस्तान ‘ए’ ले दिएको १६९ रनको लक्ष्य पछ्याइरहेको नेपालले दोस्रो विकेट गुमाएको छ।

तेस्रो ओभरमै ओपनर कुशल भुर्तेल र देव खनाल आउट भएपछि नेपाल सुरुवाती दबाबमा परेको हो।खेलको तेस्रो ओभरको अन्तिम बलमा देव खनाललाई पाकिस्तान ‘ए’ का बलर मोहम्मद इमरानले बोल्ड आउट गरे।

खनालले ४ बलमा २ चौकासहित ८ रन बनाएका थिए। त्यसअघि सोही ओभरको दोस्रो बलमा इमरानले नै ओपनर कुशल भुर्तेललाई १ रनको व्यक्तिगत स्कोरमा माज सदाकतको हातबाट क्याच आउट गराएका थिए। भुर्तेलले ८ बल सामना गरे।

ताजा अवस्थामा नेपालले ३ ओभरको समाप्तिमा २ विकेट गुमाएर १३ रन बनाएको छ।

क्रिजमा ओपनर मायन यादव ६ बलमा १ चौकासहित ४ रन बनाएर अविजित खेलिरहेका छन्। पाकिस्तान ‘ए’ का लागि मोहम्मद इमरानले २ ओभरमा १२ रन खर्चेर दुवै विकेट लिएका छन् भने मोहम्मद हसनैनले १ ओभरमा १ रन मात्र खर्चिए।

यसअघि कतारको दोहामा टस जितेर पहिला ब्याटिङ गरेको पाकिस्तान ‘ए’ १६८ रनमा अलआउट भएको थियो।

प्रकाशित: ८ मंसिर २०८३ १९:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App