खेल

नेपालले इंग्ल्यान्ड भ्रमण गर्ने, खेल तालिका सार्वजनिक

नेपालले सन् २०२७ को जुनमा हुने इंग्ल्यान्ड भ्रमणका क्रममा प्रसिद्ध लर्ड्स क्रिकेट मैदानमा बंगलादेशसँग टी-२० खेल खेल्ने भएको छ।

नेपाल क्रिकेट संघ (क्यान) र मेरिलिबोर्न क्रिकेट क्लबले बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा संयुक्त पत्रकार सम्मेलन गरी भ्रमणको तालिका सार्वजनिक गरेका हुन्।

सार्वजनिक तालिकाअनुसार जुन १ देखि १२ सम्म हुने भ्रमणमा नेपालले बंगलादेश, आयरल्यान्ड र स्कटल्यान्डसँग कुल ६ खेल खेल्नेछ। जसमा चार टी-२० र दुई एकदिवसीय खेल समावेश छन्।

नेपालले जुन १ मा स्कटल्यान्डसँग ५० ओभरको खेल खेल्दै भ्रमणको सुरुवात गर्नेछ। त्यसपछि जुन ३ मा हुने दोस्रो खेलमा नेपालले लर्ड्समा बंगलादेशको सामना गर्नेछ।

भ्रमणका क्रममा नेपालले आयरल्यान्डसँग चार खेल खेल्नेछ। सन् २०२७ जुन ६, ९, ११ र १२ मा हुने ती खेलमध्ये जुन ६ को खेल ५० ओभरको र बाँकी तीन खेल टी-२० हुनेछन्।

पत्रकार सम्मेलनमा क्यानका अध्यक्ष चतुरबहादुर चन्दले उक्त भ्रमण आयोजना गरेकोमा मेरिलिबोर्न क्रिकेट क्लबका प्रतिनिधिहरूलाई धन्यवाद दिए।

प्रकाशित: ३ मंसिर २०८३ १६:२० बिहीबार