कतारविरुद्धको टी-२० विश्वकप एसिया छनोट खेलमा नेपालले दोस्रो विकेट गुमाएको छ। ओपनर आसिफ शेख ११ रन बनाएर पेभिलियन फर्किएका छन्।
ओमानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरिरहेको नेपालले ४.१ ओभरमा २५ रन बनाउँदा दोस्रो विकेट गुमाएको हो। आउट हुनुअघि आसिफले १२ बलको सामना गर्दै एक चौका प्रहार गरे।
यसअघि अर्का ओपनर कुशल भुर्तेल ६ रनमा आउट भएका थिए। दुवै ओपनर गुमाएपछि नेपाल सुरुवाती दबाबमा आएको छ।
आसिफको विकेटपछि कुशल मल्ल क्रिजमा आएका छन्। उनले कप्तान रोहित पौडेलसँग साझेदारी गर्दै नेपाली इनिङ्स उकास्ने प्रयास गर्नेछन्।
प्रकाशित: २७ आश्विन २०८२ २१:०९ सोमबार