खेल

नेपाललाई सुरुवाती झड्का: भुर्तेल ५ रनमै आउट

आइसीसी टी-२० विश्वकप अन्तर्गत जारी इटालीविरुद्धको खेलमा नेपालले खराब सुरुवात गरेको छ।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले इनिङ्सको दोस्रो ओभरमै पहिलो विकेट गुमाएको हो।

नेपालका ओपनर कुशल भुर्तेल सस्तैमा पेभेलियन फर्किए। उनी १० बलको सामना गर्दै जम्मा ५ रन बनाएर आउट भए। आफ्नो छोटो इनिङ्समा उनले १ चौका प्रहार गरेका थिए।

भुर्तेललाई इटालीका बलर अली हसनले आउट गराएका हुन्। हसनको बलमा जो मस्कोले क्याच लिएका थिए।

प्रकाशित: २९ माघ २०८२ १५:२७ बिहीबार