आइसीसी टी-२० विश्वकप एसिया छनोटको फाइनलमा ओमानविरुद्ध उत्कृष्ट सुरुवात गरेको नेपालले पहिलो विकेट गुमाएको छ। ओपनर आसिफ शेख २४ रन बनाएर पभेलियन फर्किएका हुन्।
नेपालले ७.३ ओभरमा ६१ रन बनाउँदा पहिलो विकेट गुमाएको हो। आसिफले २० बलको सामना गर्दै २ चौका र १ छक्का प्रहार गरे।
उनले कुशल भुर्तेलसँग पहिलो विकेटका लागि ६१ रनको महत्वपूर्ण साझेदारी गर्दै नेपाललाई ठोस सुरुवात दिलाएका थिए।
आसिफको बहिर्गमनपछि कप्तान रोहित पौडेल क्रिजमा आएका छन्। अर्को छेउमा कुशल भुर्तेल आक्रामक ब्याटिङ गरिरहेका छन्।
प्रकाशित: २९ आश्विन २०८२ २१:१८ बुधबार