खेल

नेपालले ओमानलाई प्रस्तुत गर्‍यो १४८ रनको लक्ष्य

मलेसियामा जारी एसीसी प्रिमियर मेन्स कपको सेमिफाइनल खेलमा नेपालले ओमानलाई १४८ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ।

टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको नेपाल ४५ं.४ ओभरमा १४७ मात्र रनमा समेटियो। नेपालका लागि उपकप्तान दिपेन्द्र सिंह ऐरीले ५१ रन जोडेका थिए। उनले ७६ बलमा ४ चौका प्रहार गरे। यस्तै, बसिर अहमदले ४७ रन जोडेका थिए। उनले ३ चौका र १ छक्का प्रहार गरे। यी दुई ब्याटर बाहेक अरुले राम्रो प्रदर्शन गर्न सकेनन्।

ओपनरद्धय आसिफ शाह र देव खनाल सस्तैमा आउट भएपछि नेपालले खराब सुरुवात गरेको थियो। त्यसपछि ब्याटिङका लागि मैदानमा आएका पूर्वकप्तान रोहित पौडेल र ईशान पाण्डे पनि सस्तैमा पेभिलियनमा र्फकिए पछि नेपाल एक समय ३६ रनमा ४ विकेट गुमाएर संकटमा परेको थियो।

तर, ऐरी र अहमदले ९० रनको साझेदारी गर्दै इनिङस उकासेका थिए। तर, उनीहरुको विकेट गएपछि भने नेपाल सस्तैमा समेटियो। ओमानका लागि जय ओडेराले ३ र हसनेन शाहले समान ३–३ विकेट हात पारेका थिए। अब ओमान जबाफी ब्याटिङका लागि मैदानमा उत्रिनेछ।

प्रकाशित: २५ भाद्र २०८३ १०:३१ बिहीबार