नेपाल क्रिकेट संघ (क्यान) ले आगामी यू-१९ एसिया कपको तयारीका लागि २८ खेलाडीको प्रारम्भिक सूची सार्वजनिक गरेको छ। क्यानले शनिबार बिहान प्रारम्भिक टोलीको सूची सार्वजनिक गरेको हो।
क्यानका अनुसार प्रतियोगिताको तयारीका लागि अक्टोबर २६ देखि पोखरामा बन्द प्रशिक्षण सुरु हुनेछ।
प्रारम्भिक सूचीमा निरज यादव, निश्चल क्षेत्री, आशिष लुहार, नितेश पटेल, चन्दन राम, वंश क्षेत्री, सुशील रावल, शुभम खनाल, अभय यादव, सचिन भट्ट, सूर्यांशु कोइराला, परिमार्जन यादव, प्रसिद्ध जैसी र शिवांश बजगाईं रहेका छन्।
त्यस्तै, दर्शन सोनार, विपिन शर्मा, सुगम बुढाथोकी, आशिक बैठा, जोय थापा, सोहेल कुँवर, रौनक श्रीवास्तव, रोहित चन्द, सौजन घिमिरे, क्रितिक कामत, भूपाल डंगोल, राहुल हक, दीपक सेमेला र रोशन शाही पनि प्रारम्भिक सूचीमा परेका छन्।
पोखरामा हुने बन्द प्रशिक्षणमा सहभागी खेलाडीले आगामी यू-१९ एसिया कपका लागि तयारी गर्नेछन्।
प्रकाशित: ७ कार्तिक २०८३ १०:०५ शनिबार