आइसीसी टी-२० विश्वकप एसिया छनोटमा कतारविरुद्ध नेपालले चौथो विकेट गुमाएको छ।
कप्तान रोहित पौडेलसँग महत्त्वपूर्ण साझेदारी गरिरहेका अलराउन्डर दीपेन्द्रसिंह ऐरी २६ रनमा आउट भएका छन्।
ऐरी आउट भएसँगै रोहितसँगको ६२ रनको महत्त्वपूर्ण साझेदारी टुटेको छ। नेपालले १५ ओभरको समाप्तिमा ४ विकेट गुमाएर ११० रन बनाएको छ।
आउट हुनुअघि ऐरीले २२ बलको सामना गर्दै १ चौका प्रहार गरे। सुरुवाती संकटमा परेको नेपालको इनिङ्सलाई उनले कप्तान रोहितसँग मिलेर उकासेका थिए।
दीपेन्द्रको विकेटपछि आदिल आलम क्रिजमा आएका छन्। अर्धशतक बनाएर खेलिरहेका कप्तान रोहित पौडेललाई अन्तिम ओभरहरूमा आक्रामक ब्याटिङ गर्न अब आदिलले साथ दिनेछन्।
यसअघि नेपालले ओपनर कुशल भुर्तेल (६), आसिफ शेख (११) र कुशल मल्ल (८) लाई सस्तैमा गुमाएको थियो।
प्रकाशित: २७ आश्विन २०८२ २१:५७ सोमबार