खेल

मलेसियाविरुद्ध नेपालको आज पनि उत्कृष्ट सुरुआत

एसिसी प्रिमियर कप एकदिवसीय प्रतियोगितामा नेपाली पुरुष क्रिकेट टोलीले आयोजक मलेसियाविरुद्ध टस हारेर फिल्डिङ गरिरहेको छ।

यी दुई टोलीबीचको खेल बाङ्गीस्थित वाइएसडी युकेएम ओभलमा भइरहेको हो। नेपालले आजको खेलमा पनि उत्कृष्ट बलिङ गरिरहेको छ।

२२ ओभरमा नेपालले मलेसियाको ७ विकेट लिइसकेको छ। जारी प्रतियोगितामा नेपाल र मलेसिया लगातार दोस्रो जितको खोजीमा छन्।

नेपालले पहिलो खेलमा बहराइनलाई सात विकेटले हराएको थियो। नेपाली टोली दोस्रो पटक प्रिमियर कपको उपाधि जित्ने योजनामा छ। 

प्रकाशित: १८ भाद्र २०८३ ०९:०७ बिहीबार