हङकङ सिक्सेसमा नेपालको नेतृत्व शरद भेषावकरले गर्ने भएका छन् । प्रतियोगिताको नेतृत्वसँगै खेलपछि उनले सन्यास लिने छन् ।
आईतबार नेपाल क्रिकेट संघ (क्यान)का अनुसार उनले प्रतियोगितापछि सन्यास लिने छन् ।
हङकङ क्रिकेट संघको आयोजनामा हुने प्रतियोगिता आगामी नोभेम्बर ७ देखि ९ सम्म हङकङमा हुनेछ ।
भेषावकरको कप्तानीमा ७ सदस्यीय टोली क्यानले घोषणा छ ।
टोलीमा शरदसँगै सन्दीप जोरा, लोकेश बम, मोहम्मद आदिल आलम, बसिर अहमद, रुपेश सिंह र राशिद खान छन् ।
प्रकाशित: २ कार्तिक २०८२ १४:३६ आइतबार