खेल

नेपाल अपराजित रहँदै टी–२० विश्वकपमा

छनोट चरणको विजेता बन्न सफल

नेपालले आईसीसी टी-२० विश्वकप एसिया छनोटको उपाधि जितेको छ।  

शुक्रबार सामोआलाई १२४ रनको फराकिलो अन्तरमा पराजित गरेसँगै नेपालले उपाधि हात पारेको हो। नेपाल छनोट चरणमा अपराजित रहने एकमात्र टोली बन्यो ।  

नेपालले प्रस्तुत गरेको २१२ रनको लक्ष्य पछाएको सामोआले निर्धारित २० ओभरमा ७ विकेट गुमाउदै ८७ रनमात्र बनाउन सक्यो । 

सामोआका लागि सिन सोलाई सार्वधिक ४० रन बनाए। नेपालका लागि ललित राजवंशीले सर्वाधिक ३ विकेट लिए।  

त्यसअघि  सामोअले टस जितेर पहिला बलिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ४ विकेट गुमाएर २११ रन बनाएको थियो। नेपालका ओपनर आसिफ शेख र उपकप्तान दीपेन्द्र सिंह ऐरिले अर्धशतक प्रहार गरेका थिए।  

आईसीसी टी–२० विश्वकप एसिया छनोटबाट नेपालसँगै ओमान र युएईले पनि विश्वकपमा आफ्नो स्थान बनाएका छन्।

प्रकाशित: ३१ आश्विन २०८२ १९:१२ शुक्रबार