नेपाल पुलिस क्लब काभा महिला भलिबल लिगबाट बाहिरिएको छ। सोमबार राति काजकिस्तानको टुरान भलिबल क्लबसँग
३– ० को सोझो सेटमा पराजित हुँदै पुलिस लिगबाट बाहिरिएको हो।
मालदिभ्स जारी सो लिगमा पुलिस टुरानसँग पहिलो सेटमा २५– १४ दोस्रो सेटमा २५–१३ र तेसो सेटमा २५– ११ ले पराजित बन्यो।
प्रकाशित: २७ माघ २०८२ ११:१३ मंगलबार