खेल

टी-२० विश्वकपअघि मुम्बई एमसीए प्रेसिडेन्ट-११ सँग अभ्यास खेल खेल्दै नेपाल

नेपाल र मुम्बई एमसीए प्रेसिडेन्ट-११ ले आज पहिलो अभ्यास खेल खेल्दै छन्।

बिहीबार यी दुई टोलीबीच खेल मुम्बईको ब्रेबोर्न क्रिकेट स्टेडियममा नेपाली समय अनुसार बेलुका ६:१५ बजेबाट सुरु हुनेछ। नेपाली राष्ट्रिय क्रिकेट टोलीले यसअघि श्रीलंका "ए" सँग तीन वटा टी-२० आई अभ्यास खेल खेलेको थियो। जहाँ नेपालले एक खेलमा श्रीलंकालाई पराजित गरेको थियो।

नेपाल र एमसीए प्रेसिडेन्ट-११ ले पनि तीन वटा अभ्यास खेल खेल्ने छन्। यो अभ्यासपछि नेपालले क्यानडा र यूएईसँग पनि समान एक-एक अभ्यास खेल खेल्नेछ। नेपालले टी–२० विश्वकपको तयारी स्वरुप यो अभ्यास खेलेको हो।

फ्रेबअरी ८ मा इंग्ल्यान्डसँग खेल्दै नेपालले विश्वकपको सुरुआत गर्नेछ।

प्रकाशित: १५ माघ २०८२ ११:२६ बिहीबार