खेल

नेपाल र नामिबियाबीचको खेल वर्षाले प्रभावित

नेपाल र नामिबियाबीच हुने तय भएको खेल वर्षाका कारण प्रभावित भएको छ।

निरन्तर वर्षा भएपछि निर्धारित समयमा टस हुन सकेको छैन। वर्षाका कारण मैदान खेलयोग्य नभएपछि टस स्थगित गरिएको हो।

मौसममा सुधार आएपछि मैदानको अवस्था मूल्याङ्कन गर्दै टस र खेल सञ्चालनबारे निर्णय गरिने आयोजकले जनाएको छ। हाल दुवै टोली वर्षा रोकिने प्रतीक्षामा छन्।

जारी सिरिजमा अघिल्ला दुवै खेल गुमाएकाले नेपाल आजको खेलमा दबाबमा हुनेछ। उपाधि होडबाट बाहिरिएको नेपाल शीर्ष चारमा रहँदै विश्वकपका लागि छनोट हुने सम्भावना पनि कमजोर भएपछि दबाबमा परेको हो।  

नेपालले आफ्नो पहिलो खेल नामिबियासँग ८ विकेट र दोस्रो खेल नेदरल्याँड्ससँग ६ विकेटले हारेको थियो।  

समान ३० खेलबाट नेदरल्यान्ड्सको ३६ अंक छ । नेपाल र नामिबियाको समान २४ अंक छ। नेदरल्यान्ड्स तेस्रो, नेपाल पाँचौ र नामिबिया छैठौं स्थानमा छन्। नेदरल्यान्ड्सले यसअघिका दुवै खेलमा जित निकालेको छ भने नामिबियाले एक खेल जितेको छ। 

प्रकाशित: ११ श्रावण २०८३ १४:५७ सोमबार