खेल

श्रीलंकामाथि नेपालको गोलवर्षा, ७-० को सानदार जित

बंगलादेशमा जारी साफ यु-२० महिला च्याम्पियनसिपमा नेपाली राष्ट्रिय टोलीले सानदार प्रदर्शन गर्दै श्रीलंकालाई ७-० को फराकिलो गोल अन्तरले पराजित गरेको छ।

ढाकास्थित वीर श्रेष्ठ शहीद सिपाही मोहम्मद मोस्तफा कमल स्टेडियममा भएको खेलमा नेपालले सुरुदेखि नै श्रीलंकामाथि दबाब बनाएको थियो।

नेपालको सानदार जितमा समिक्षा मगरले व्यक्तिगत दुई गोल गरिन्। त्यस्तै, पुर्णिमा राई, कुसुम खतिवडा, सरिता कुमारी नाथ र बिर्सना चौधरीले एक-एक गोल आफ्नो नाममा लेखाए। नेपालले एक गोल भने आत्मघाती उपहार पाएको थियो।

प्रकाशित: १ श्रावण २०८२ १७:१० बिहीबार

#NepaliFootball #NagarikNews #NepaliNews