एएफसी एसियन कप छनोटअन्तर्गत भएको दोस्रो खेलमा नेपाली राष्ट्रिय फुटबल टोली भियतनामसँग १-० गोल अन्तरले पराजित भएको छ।
खेलको पाँचौँ मिनेटमा नै नेपालले आत्मघाती गोल व्यहोरेपछि भियतनामले अग्रता लिएको थियो। नेपाली डिफेन्डर सुमन श्रेष्ठले आफ्नै पोस्टमा गोल गर्न पुगेका थिए।
त्यसपछि भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोल गर्ने अवसर सिर्जना गरे पनि कुनै गोल हुन सकेन। नेपालले पहिलो खेलमा ३-१ ले गुमाएको थियो।
आजको खेल नेपालका लागि घरेलु मैदानमा खेल्नु पर्ने खेल थियो। तर एएफसीले दशरथ रङ्गशाला अयोग्य भनेपछि होम म्याच पनि भियतनाममा खेलेको हो।
नेपालले अब मलेसिया र लाओससँग खेल्न बाँकी छ। आजको खेलमा जित निकाल्न सकेमा अघिल्लो चरण प्रवेशको सम्भावना रहेको थियो। नेपालले मलेसियासँग आफ्नो होम म्याच नोभेम्बर १८ र लाओससँग नोभेम्बर २६ मा खेल्नेछ।
प्रकाशित: २८ आश्विन २०८२ २०:४४ मंगलबार