खेल

आसामलाई हराउँदै नेपाल ‘ए’ले जित्यो सिरिज

भारतको गुवाहटीमा सम्पन अभ्यास खेलको सिरिज नेपालले जितेको छ । नेपाल र आसामबीचको सोमबारको निर्णायक खेलमा ४४ रनको जितसँगै नेपालले सिरिज आफ्नो हातमा लियो । 

नेपाल ‘ए’ ले दिएको २०९ रनको लक्ष्य पछाएको आसामले  निरधारित २० ओभरमा ९ विकेट गुमाउँदै १६४  रनमा सीमित भयो । 

आसाका लागि कप्तान सुमित घडिअन्करले २५ रन बनाए । नेपालको लागि आकाश चन्द, शेर मल्ल र पवनले समान २-२ विकेट लिँदा बसिर अहमदले १ विकेट लिए।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेपाल ‘ए’ले निर्धरित २० ओभरमा ५ विकेट गुमाएर २०८ रन बनायो।

नेपालका सन्दिप जोराले सर्वाधिक ६४ रन बनाएका थिए ।

योसँगै नेपालले ३-२ले सिरिज हात पारेको छ ।  

यसअघि खेलेको ४ अभ्यास खेलमा नेपाल र आसामले समान २-२ खेल जितेका थिए ।

प्रकाशित: १६ भाद्र २०८२ १९:१३ सोमबार