भारतकाे गुवाहटीमा जारी अभ्यास सिरिज अन्तर्गत नेपाल ‘ए’ले आसामलाई १७४ रनकाे प्रतिस्पर्धित लक्ष्य दिएकाे छ।
शुक्रबार टस जितेर ब्याटिङ राेजेकाे नेपाल ‘ए'ले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७३ रन बनायाे। नेपालका सन्दिप जाेराले ३५ रन बनाए भने पवन सराफले ३१ रन बनाए।
आसामकाे लागि आकाश सेन गुप्ताले ३ विकेट लिए।
यसअघि बिहीबार भएकाे पहिलाे अभ्यास खेलमा नेपाल ‘ए’ आसामसँग १५ रनले पराजित भएकाे थियाे।
वर्षाको कारण डिएलएस पद्धतिबाट नेपाल आसामसङ पराजित भएकाे हाे।
प्रकाशित: १३ भाद्र २०८२ १३:०८ शुक्रबार