खेल

एनभिए भलिबल च्याम्पियनसिपको खेल तालिका सार्वजनिक

नवौँ एनभिए भलिबल च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ।

नेपाल भलिबल संघको आयोजनामा हुने सो च्याम्पियनसिप शुक्रबारदेखि राष्ट्रिय खेलकुद परिषद (राखेप)को कभर्डहलमा हुने छ।

तालिका अनुसार उद्घाटन खेलमा महिलातर्फ नेपाल पुलिस क्लब र सुदूरपश्चिम प्रदेशबीच हुनेछ। उक्त खेल बिहान ९ बजे हुनेछ। त्यस्तै, शुक्रबार दिउँसो १ बजे पुरुषर्फ नेपाल पुलिल क्लब र ढोरपाटन क्लबले सामना गर्नेछ।

शुक्रबारबाट सुरु हुने सो च्याम्पियनसिपको फाइनल खेल पुस २० मा हुनेछ। प्रतियोगितामा कूल २० टोलीको सहभागिता रहनेछ।

यस्तो छ खेल तालिका:

प्रकाशित: १० पुस २०८२ ११:५८ बिहीबार