नेपाल तरुण दल कालीकोटले आयोजना गरेको प्रथम तरुण एकता कप भलिबलको उपाधि नरहरिनाथ गाउँपालिकाले जितेको छ। कालीकोट सदरमुकाम मान्मस्थित खुलामञ्चमा शनिबार सम्पन्न फाइनल खेलमा खाँडाचक्र नगरपालिका-६ लाई पछि पार्दै नरहरिनाथ-४ ले उपाधि जितेको हो। खाँडाचक्र-६ उपविजेतामा सीमित भएको छ।
उपाधिसँगै नरहरिनाथले ७० हजार रुपैयाँ नगद, कप र मेडल प्राप्त गरेको छ। उपविजेता खाँडाचक्रले ४० हजार रुपैयाँ नगद, कप र मेडल पाएको हो।
प्रतियोगिताअन्तर्गत फुटबलतर्फ पञ्चदेव फुटबल क्लबले उपाधि जितेको छ। भेट्रान्स राइड्स दोस्रो भएको छ। विजेता पञ्चदेवले २५ हजार रुपैयाँ नगद, प्रमाणपत्र र मेडल प्राप्त गर्दा उपविजेता राइड्सले १५ हजार रुपैयाँ नगद, प्रमाणपत्र र मेडल प्राप्त गरेको छ।
नेपाल तरुण दल कालीकोटका अध्यक्ष दमनराज शाहीले जिल्लामा पहिलोपटक तरुण एकता कप आयोजना गरिएको बताए। उनका अनुसार प्रतियोगितामा भलिबलतर्फ १६ र फुटबलतर्फ १२ टोली सहभागी थिए।
युवालाई खेलकुदसँग जोड्दै आपसी एकता, सहकार्य र भाइचाराको भावना विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको उनको भनाइ छ।
पार्टीको आन्तरिक विवादको समयमा
तरुण कपले पार्टीलाई समेत एकताबद्ध हुन सहयोग पुगेको नेपाली कांग्रेसका सभापति अम्लराज शाहीले बताए । उनले पार्टीलाई सहयोग पुग्ने गरि आयोजना गरिएको प्रथम तरुण कपका विजेता तथा उपविजेता टिमलाई धन्यवाद दिए।
प्रकाशित: २७ भाद्र २०८३ १२:११ शनिबार



