खेल

आइपिएलमा आज मुम्बई र राजस्थान भिड्दै

आइपिएलमा मंगलबार मुम्बई इन्डियन्स(एमआई) ले राजस्थान रोयल्स (आरआर) सँग प्रतिस्पर्धा गर्दैछन्। गुवाहाटीको बरसापारा स्टेडियममा हुन लागेको खेल नेपाली समयअनुसार ७ः४५ बजेबाट सुरु हुनेछ।

मुम्बईका कप्तान हार्दिक पाण्ड्याले बिरामीका कारण अघिल्लो खेल गुमाएका थिए। आजको खेलमा पनि उपलब्ध नहुने शंका गरिएको छ।

आइपिएलमा यी दुई टोलीहरू ३० पटक आमने सामने भएका छन्। जसमध्ये मुम्बईले १६ खेल जितेको छ भने राजस्थान रोयल्सले १४ खेल जितेको छ।

गत सिजनमा दुई टोलीहरूले एक अर्कासँग एक पटक मात्र भिडेका थिए। जसमा मुम्बईले राजस्थानलाई १०० रनले हराएको थियो।

प्रकाशित: २४ चैत्र २०८२ ०७:१२ मंगलबार