अफ्रिका कप अफ नेसन्स २०२७ को छनोटअन्तर्गत गएराति भएका खेलमा नाइजेरिया, अल्जेरिया, मोरक्को र मालीले जित निकालेका छन्।
नाइजेरियाले माडागास्करलाई २-१ ले पराजित गर्दा अल्जेरियाले जाम्बियामाथि ३-१ को जित निकाल्यो। मोरक्कोले गाबोनलाई २-० ले हराउँदा मालीले केप भर्डेलाई ३-१ ले पराजित गर्यो।
यस्तै, गिनी-बिसाउले तान्जानियालाई २-० ले हरायो भने मोजाम्बिक र सेनेगलले १-१ गोलको बराबरी खेले। सुडानले इथियोपियालाई १-०, नाइजरले लेसोथोलाई २-१, मलावीले दक्षिण सुडानलाई २-१, गाम्बियाले सोमालियालाई २-१, रुवान्डाले लाइबेरियालाई ३-१ तथा टोगोले बुरुन्डीलाई १-० ले पराजित गरे। बुर्किना फासो र बेनिनबीचको खेल १-१ तथा इजिप्ट र अंगोलाबीचको खेल गोलरहित बराबरीमा सकियो।
आज छनोटअन्तर्गत दुई खेल हुँदैछन्। केन्याले इरिट्रियासँग तथा दक्षिण अफ्रिकाले गिनीसँग प्रतिस्पर्धा गर्नेछन्।
प्रकाशित: १० आश्विन २०८३ ०७:५१ शनिबार