खेल

सहआयोजक क्यानडालाई हराउँदै मोरक्को फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा प्रवेश

सहआयोजक क्यानडालाई हराउँदै मोरक्को फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

अमेरिकाको ह्युस्टन स्टेडियममा सम्पन्न राउन्ड अफ १६ को खेलमा क्यानडालाई ३–० ले हराउँदै मोरक्को क्वार्टरफाइनलमा प्रवेश गरेको हो।

खेलको ५०औं मिनेटमा अज्जेदिन ओउनाहीले गोल गर्दै मोरक्कोलाई पहिलो अग्रता दिलाएका थिए। ओउनाहीले नै खेलको ८२औं मिनेटमा गोल गर्दै मोरक्कोको अग्रता दोब्बर बनाए।

दोस्रो हाफको इन्जुरी समयको अन्तिम मिनेटमा सुफियान रहिमीले गोल गर्दै मोरक्कोलाई ३–० को सहज जितमा पुर्‍याएका हुन्।

सातौं पटक विश्वकप खेलिरहेको मोरक्को दोस्रो पटक क्वार्टरफाइनलमा प्रवेश गरेको हो। यसैगरी, क्यानडा प्रतियोगिताबाट बाहिरिने पहिलो आयोजक राष्ट्र बनेको छ।

अब मोरक्कोले सेमिफाइनल प्रवेशका लागि फ्रान्ससँग खेल्नेछ।

प्रकाशित: २१ असार २०८३ ०६:३० आइतबार