विश्वकप २०२६ मा इजिप्टले १६ जुनमा बेल्जियमसँग आफ्नो पहिलो खेल खेल्दैछ।
विश्वकप इतिहासमा इजिप्टको यो चौथो विश्वकप हुनेछ। १९९० पछि भने उनीहरूको यो दोस्रो उपस्थिति हो। टोली २०२२ को कतार विश्वकपमा छनोट हुनबाट वञ्चित भएको थियो।
इरानको टोलीमा यसपाली सबैभन्दा महत्त्वपूर्ण खेलाडी मोहम्मद सलाह पनि परेका छन्। ३३ वर्षीय सलाह २०१८ को संस्करण पछि पहिलो पटक इजिप्टसँग विश्वकपको मञ्चमा फर्किएका छन्। उनले यसपालीको विश्वकपमा टीमको लागि उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा गरिएको छ।
लिभरपुलका लागि उत्कृष्ट डेब्यू सिजनमा ६० गोल योगदान पुर्याएका सलाहले २०१८ को विश्वकपमा पूरै खेल खेल्न पाएनन्।
च्याम्पियन्स लिगको फाइनलमा भएको कुख्यात फाउलले उनको सहभागितामाथि नै शंका उत्पन्न गराएको थियो।
किभमा भएको उक्त खेलमा जुर्गेन क्लोपको टोलीले रियल म्याड्रिडको सामना गरेको थियो। खेल सकिन आधा घण्टा बाँकी रहँदा सर्जियो रामोससँग झगडा गरेपछि सलाहलाई मैदानबाट निकालिएको थियो।
इजिप्टले रूसमा विश्वकप अभियान सुरु गर्न २० दिन मात्र बाँकी रहँदा स्कान गर्दा २५ वर्षीय सलाहको काँधमा लिगामेन्ट मर्किएको पत्ता लगाएको थियो।
इजिप्टियन एफएले उनी तीन हप्तापछि निको हुने भन्दै उनलाई विश्वकप टोलीमा समावेश गरेको थियो। उक्त सिजनमा उनले समूहचरणको पहिलो खेल गुमाएका थिए भने दुई खेलमा तीन गोल गरेका थिए।
अफ्रिकी राष्ट्र इजिप्टले केवल तीन विश्वकपमा मात्र प्रतिस्पर्धा गरेको छ। उनीहरूले २०१८ र १९९० मा समूह चरण पार गर्न सकेनन् भने यसअघि १९३४ मा राउन्ड अफ १६ सम्म पुगेका थिए।
विश्वकप २०२६को समूह जी बाट बाहिर निस्कने हो भने इजिप्टको लागि मोहम्मद सलाह एक प्रमुख हतियार हुन सक्छन्। लिभरपुलका फरवार्डलाई म्यानचेस्टर सिटीबाट उत्कृष्ट सिजन बिताएका ओमर मार्मोस र अनुभवी फरवार्ड महमूद हसन ट्रेजेगुएटले आक्रमणमा साथ दिने अपेक्षा गरिएको छ।
मिडफिल्डमा इमाम अशौरले रचनात्मकता र ऊर्जा प्रदान गर्नेछन्। जबकि कप्तान मोहम्मद एल शेनावी गोलकिपरमा एक भरपर्दो उपस्थिति हुन्।टोलीले जुन २२ मा भ्यानकुभरमा न्युजिल्याण्डसँग खेल्नेछन् र जुन २७ मा सियाटलमा इरानसँग खेल्नेछन्।
इजिप्टको अन्तिम टोली
गोलकिपर: मोहम्मद एल शेनावी, मुस्तफा शोबेर , मोहम्मद अला
डिफेन्डरः मोहम्मद हानी, तारेक अला, हाम्दी फाथी (अल वक्राह), रामी राबिया, यासेर इब्राहिम , होसम अब्देलमागुइद , मोहम्मद अब्देलमोनेम, अहमद फोतोह, करिम हाफेज।
मिडफिल्डर: मारवान अत्तिया , मोहनाद लाशिन, नबिल इमाद, महमूद साबेर, अहमद जिजो, इमाम अशोर, मुस्तफा जिको , महमूद ट्रेजेगुएट, इब्राहिम एडेलजाल इब्राहिम अदल।
फरवार्डः मोहम्मद सलाह, ओमर मार्मौस , अक्ते अब्दल्लाह , हमजा अब्देलकरिम
प्रकाशित: ३१ जेष्ठ २०८३ १४:३३ आइतबार