खेल

कपिल देव र डेल स्टेनलाई उछिन्ने संघारमा मिचेल स्टार्क

अस्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्क टेस्ट क्रिकेटमा दुई दिग्गज बलरको कीर्तिमान तोड्ने संघारमा पुगेका छन्।

स्टार्कले हालसम्म टेस्ट क्रिकेटमा ४३३ विकेट लिएका छन्। भारतका कपिल देवले ४३४ तथा दक्षिण अफ्रिकाका डेल स्टेनले ४३९ विकेट लिएका छन्। त्यसैले स्टार्क अब कपिल देवको कीर्तिमानभन्दा एक विकेट मात्र पछाडि छन्। बंगलादेशविरुद्ध अगस्ट १३ देखि सुरु हुने दुई टेस्टको शृंखलामा स्टार्कले दुई विकेट लिए कपिल देवलाई उछिन्नेछन्।

यस्तै, सात विकेट लिन सके उनले डेल स्टेनलाई पनि पछि पार्दै टेस्ट क्रिकेटमा सर्वाधिक विकेट लिने तीव्र गतिका बलरमध्ये पाँचौं स्थानमा पुग्नेछन्। ३६ वर्षीय स्टार्क पछिल्लो समय उत्कृष्ट लयमा छन्। जारी विश्व टेस्ट च्याम्पियनसिपमा उनले आठ खेलबाट ४६ विकेट लिइसकेका छन्। पछिल्लो एसेज शृंखलामा पनि उनी ३१ विकेटसहित अस्ट्रेलियाका सर्वाधिक सफल बलर बनेका थिए। 

अस्ट्रेलिया र बंगलादेशबीचको पहिलो टेस्ट अगस्ट १३ देखि डार्विनमा हुनेछ भने दोस्रो टेस्ट अगस्ट २२ देखि म्याकायमा खेलिनेछ। व्यक्तिगत कीर्तिमान नजिक पुगे पनि स्टार्कले टोलीको सफलता नै आफ्नो मुख्य प्राथमिकता रहेको बताएका छन्।

प्रकाशित: २१ श्रावण २०८३ १२:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App