खेल

क्यानोइङ विजेतालाई मन्त्रीको बधाई

एसियाली वाइल्डवाटर क्यानोइङ च्याम्पियनसिपका पदकविजेता नेपाली खेलाडीलाई युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले बधाई दिएका छन्।

चीनको नुजियाङमा सम्पन्न नुजियाङ एसियाली वाइल्डवाटर क्यानोइङ च्याम्पियनसिपमा नेपालले दुई पदक जितेको थियो। कृष्णले छोटो दूरी (सर्ट डिस्टेन्स) स्पर्धामा स्वर्ण पदक जितेका थिए। यस्तै रञ्जन कँडेलले सोही स्पर्धामा कांस्य पदक हात पारेका थिए। मंगलबार लैनचौरस्थित टेबल टेनिस हलमा पदकविजेता कृष्ण खड्का र रञ्जन कँडेललाई मन्त्री गुप्ताले बधाई दिएका हुन्।

एसियाली स्तरको प्रतियोगितामा पदक जितेर राष्ट्रको नाम उच्च पारेको भन्दै बधाई दिएका मन्त्री गुप्ताले आगामी प्रतियोगितामा अझ उत्कृष्ट नतिजा ल्याउन शुभकामना प्रदान गरे। कार्यक्रममा नेपाल र्‍याफ्टिङ एन्ड क्यानोइङ संघका अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटीका महासचिव राजीव श्रेष्ठ, संघका वरिष्ठ उपाध्यक्ष सूर्यप्रसाद जोशी र कोषाध्यक्ष महेश थापाको उपस्थिति रहेको थियो।  

प्रकाशित: १६ पुस २०८२ ०७:१६ बुधबार