महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको खेल प्रत्यक्ष अवलोकन गरेकी छन्।
मन्त्री बादीले मंगलबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान पुगेर जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच भइरहेको प्रतिस्पर्धा अवलोकन गरेकी हुन्।
मैदानमा उपस्थित भएर उनले खेल हेर्नुका साथै खेलाडीहरूको हौसला बढाएकी थिइन्। त्रिवि मैदानमा जारी डे-नाइट खेल हेर्न विशिष्ट व्यक्तिहरूसहित दर्शकहरूको बाक्लो उपस्थिति रहेको छ।
प्रकाशित: १० कार्तिक २०८३ १९:५५ मंगलबार