फिफा विश्वकपअन्तर्गत राउन्ड अफ ३२ को खेलमा मेक्सिकोले इक्वेडरविरुद्ध दुई गोलको अग्रता लिएको छ।
मेक्सिको सिटी स्टेडियममा जारी खेलको पहिलो हाफ सकिँदा मेक्सिकोले दुई गोलको अग्रता लिएको हो।
मेक्सिकोले आफ्नो विगत १५ विश्वकप खेलहरूको पहिलो हाफमा गोल गर्न दिएको छैन, जुन इतिहासको दोस्रो सबैभन्दा लामो स्ट्रिक हो।
१६ वर्ष अगाडी टोलीले अर्जेन्टिनाविरुद्ध पहिलो हाफमा गोल खाएको थियो।
खेलको ३१औं मिनेटमा राउल जिमेनेजले गोल गर्दै मेक्सिकोलाई दोब्बर अग्रता दिलाएका थिए। यसअघि २१औं मिनेटमा जुलियन क्विनोनेसले पहिलो गोल गरेका थिए।
प्रकाशित: १७ असार २०८३ ०८:४० बुधबार



