खेल

'ए' डिभिजन क्लब र एन्फाबीचको बैठक निष्कर्षविहीन

सहिद स्मारक 'ए' डिभिजन लिगका क्लबहरु र अखिल नेपाल फुटबल संघ (एन्फा)बीचको बैठक निष्कर्षविहीन भएको छ।  

सोमबार एन्फाको मुख्यालयमा बसेको बैठक विना निष्कर्ष सकिएको हो।  

एन्फाले हचुवाको भरमा 'ए' डिभिजन लिग प्रतियोगिताको मिति तय गरेको भन्दै क्लबहरु सोमबार दिउँसो एन्फाको मुख्यालयमा धर्ना बसेका थिए।  

त्यसपश्चात क्लबहरु र एन्फाबीच 'ए' डिभिजन लिगको बारेमा छलफल भएको थियो।  

क्लबहरुले धर्ना बस्नुअघि सोमबार बिहान पत्रकार सम्मेलन गरेर एन्फासँग ७ बुँदे माग गरेका थिए।

एन्फाले अघिल्लो हप्ता 'ए' डिभिजन लिग आउँदो ३० गतेदेखि हुने तय गरेको थियो।

प्रकाशित: २ चैत्र २०८२ १७:४३ सोमबार