फ्रान्सका स्टार खेलाडी केलियन एम्बाप्पे फ्रान्सको सर्वकालीन सर्वाधिक गोलकर्ता हुन एक गोल मात्र टाढा रहेका छन्।
बिहिबार राति ब्राजिलसँगको मैत्रीपूर्ण खेलमा एम्बाप्पेले एक गोल गर्दै फ्रान्सको सर्वकालीन सर्वाधिक गोलकर्ता हुन एक गोल मात्र टाढा रहेका हुन्।
खेलको ३२औँ मिनेटमा गोल गरेर उनले फ्रान्सलाई अग्रता दिलाएका थिए। उनले अब एक गोल गरेमा उनी फ्रान्सका ओलिभियर जीरूसँगै संयुक्त रुपमा धेरै गोल गर्ने खेलाडी बनेछन्।
ओलिभियरले फ्रान्सको लागि १३७ वटाा खेल खेलका थिए जहाँ उनी ५७ गोलसहित फ्रान्सको सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा छन्। उनलाई पछाइरेका एम्बाप्पेले भने फ्रान्सको लागि ९४ खेलमा ५६ गोल गरेका हुन्।
उनले सन् २०१७ मा १८ वर्षको उमेरमा फ्रान्सको लागि डेब्यू गरेका थिए।
प्रकाशित: १३ चैत्र २०८२ १५:१४ शुक्रबार