खेल

सहिद स्मारक 'ए' डिभिजन लिग चैत ३० गतेदेखि

सहिद स्मारक 'ए' डिभिजन लिग फुटबल प्रतियोगिता चैत ३० गतेदेखि सुरु हुने भएको छ।

अखिल नेपाल फुटबल संघ एन्फाले मंगलबार पत्रकार सम्मेलन गर्दै  'ए' डिभिजन लिग चैत ३० गतेदेखि हुने जनाएको हो।  

यस्तै, नेपाल फुटबल खेलाडी संघसँग भएको छलफलपछि एन्फा केन्द्रीय कार्यालयमा खेलाडी संघले गरेको तालाबन्दी खोलिएको छ।

खेलाडी अक्षय कोषमा जम्मा गर्नुपर्ने रकम संघले जम्मा गर्ने प्रतिवद्धता जनाएको छ। खेलाडीहरूको सेवा-सुविधासम्बन्धी अघिल्लो कार्यसमितिबाट निर्णय भई भुक्तानी हुन बाँकी रहेको पुरस्कार रकम यही चैत महिनादेखि किस्ताबन्दीमा भुक्तानी गर्दै जाने सहमति भएको छ।

‎‎छलफलमा एन्फा महासचिव राई, केन्द्रीय सदस्य पुरुषोत्तम थापा, प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधर, कोषाध्यक्ष रविन्द्र जोशी, प्रवक्ता सुरेश शाह तथा खेलाडी संघका प्रतिनिधिहरू सहभागी थिए।

प्रकाशित: २६ फाल्गुन २०८२ १६:४४ मंगलबार