खेल

कर्णाली याक्सबाट खेल्न मार्क वाट नेपाल आइपुगे

कर्णाली याक्समा अनुबन्ध भएका मार्क वाट नेपाल आइपुगेका छन् ।  

आइतबार बिहान उनी तेस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन् । उनलाई कर्णाली याक्स स्पोर्ट्स प्रा.लीका प्रतिनिधिले स्वागत गरे ।  

३० वर्षीय वाटले स्कटल्यान्डको लागि ट्वान्टी २० आईमा ८३ खेल खेल्दा ९४ विकेट लिएका छन् । त्यस्तै तीन सय २१ रन बनाएका छन् । समग्रमा उनले ट्वान्टी २० मा १३१ खेल खेल्दा १२३ विकेट लिनुका साथै ४०३ रन बनाएका छन् ।

दोस्रो एनपिएलमा समेत कर्णाली याक्सबाटै खेलेका वाटले ११४ रन बनाएका थिए । उनले मात्र ४१ बलमा कीर्तिमानी सतक प्रहार गरेका थिए । उनी आन्द्रेस गौसपछि एनपिएलमा सतक बनाउने दोस्रो खेलाडी समेत हुन् । 

प्रकाशित: ८ कार्तिक २०८३ १५:१९ आइतबार