म्यानचेस्टर युनाइटेड प्रि–सिजनको मैत्रीपूर्ण खेलमा एसी मिलानसँग ४–२ गोलले पराजितभएको छ। युनाइटेडका कप्तान ब्रुनो फर्नान्डेसले लगातार दोस्रो प्रि–सिजन खेलमा पेनाल्टीमा गोल गर्न सकेनन्।
पोल्यान्डमा भएको खेलमा फर्नान्डेसले प्रि–सिजनमा आफ्नो पहिलो गोल गर्ने अवसर पाएका थिए। तर उनको पेनाल्टी प्रहार एसी मिलानका गोलरक्षक लोरेन्जो तोरियानीले दायाँतर्फ डाइभ गर्दै बचाए।
यसअघि लिड्सविरुद्धको खेलमा भएको पेनाल्टी सुटआउटमा पनि फर्नान्डेसले पेनाल्टीमा गोल गर्न सकेका थिएनन्। तर, फर्नान्डेसले खेलमा एक असिस्ट भने प्रदान गरे। खेल सुरु भएको दोस्रो मिनेटमै उनले प्रहार गरेको कर्नरमा ह्यारी मग्वायरले शक्तिशाली हेडरमार्फत गोल गर्दै युनाइटेडलाई सुरुवाती अग्रता दिलाएका थिए।
तर युनाइटेडको अग्रता लामो समय टिकेन। रक्षापंक्तिमा भएको गल्तीको फाइदा उठाउँदै गोन्कालो रामोसले पेनाल्टी क्षेत्रमा प्रवेश गरेर बल सामुएल चुक्वुएजेलाई उपलब्ध गराए। चुक्वुएजेले त्यसलाई गोलमा परिणत गर्दै मिलानलाई खेलमा फर्काए। त्यसपछि खेलमा कुनै पनि गोल नभएपछि खेलको निर्णय पेनाल्टी सुटआउट बाट भएको थियो।
प्रकाशित: ३१ श्रावण २०८३ ०९:०७ आइतबार