खेल

मलेसियाले नेपाललाई दियो १०४ रनको लक्ष्य

मलेसियामा जारी पाँच खेलको द्विपक्षीय टी–२० क्रिकेटको निर्णायक खेलमा मलेसियाले नेपाललाई १०४ रनको लक्ष्य दिएको छ।

बुधबार टस जितेर ब्याटिङ रोजेको मलेसियाले २० ओभरमा ६ विकेट गुमाएर १०३ रन बनाएको हो। कप्तान विनिफ्रेड दुराइसिंघामले ४० रन बनाइन्।

नेपालका लागि कविता कुँवर र राजमती ऐरीले ३-३ विकेट लिए ।

प्रकाशित: २२ आश्विन २०८२ ०९:२१ बुधबार