कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबारको दोस्रो खेलमा लुम्बिनी लायन्सविरुद्ध टस जितेर पहिले ब्याटिङ रोजेको कर्णाली याक्सले कमजोर सुरुवात गरेको छ।
ताजा स्थितिमा कर्णालीले २ ओभरको खेल सकिँदा १ विकेट गुमाएर ५ रन बनाएको छ।
कर्णालीले इनिङको पहिलो ओभरमै खाता नखोली पहिलो विकेट गुमायो। ओभरको चौथो बलमा ओपनर दिपेन्द्र रावतलाई लुम्बिनीका बलर अभिषेक गौतमले शून्य रनमै पेभेलियन फर्काए। ४ बलको सामना गरेका रावत खाता खोल्न नपाई आउट भएका हुन्।
सुरुवाती झट्कापछि हाल क्रिजमा आरिफुल इस्लाम र दीपक डुम्रे छन्। इस्लामले ६ बलमा १ चौकासहित ४ रन बनाएका छन् भने डुम्रे ३ बल खेलेर शून्य रनमा अविजित छन्।
लुम्बिनीका लागि अभिषेक गौतमले किफायती बलिङ गर्दै १ ओभरमा १ रन खर्चेर १ विकेट लिए। अर्का बलर रुबेन ट्रम्पलम्यानले १ ओभरमा ४ रन खर्चिएका छन्।
दुवै टोली महत्वपूर्ण अंकको खोजीमा छन्।
प्रकाशित: २६ कार्तिक २०८३ १७:१४ बिहीबार



