नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करण अन्तर्गत आज मंगलबार हुने ११औं खेलमा लुम्बिनी लायन्सले टस जितेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा केही बेरअघि सम्पन्न टसमा लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले टस जितेर पहिले फिल्डिङ (बलिङ) गर्ने निर्णय गरेका छन्।
यो निर्णयसँगै करण केसीको कप्तानीमा रहेको काठमाडौं गुर्खाजले अब केही बेरमा ब्याटिङ सुरु गर्नेछ।
अङ्क तालिकाको तेस्रो स्थानमा रहेको काठमाडौं र चौथो स्थानमा रहेको लुम्बिनीबीचको यो खेल निकै प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ।
जारी लिगमा दुवै टोलीले समान २–२ अङ्क जोडेका छन्। काठमाडौं आफ्नो चौथो खेल खेल्दैछ भने लुम्बिनीले तेस्रो खेल खेल्न लागेको हो।
आजको खेल ४:०० बजेबाट सुरु हुँदैछ। दुवै टोली आजको खेल जित्दै प्लेअफको यात्रा बलियो बनाउने दाउमा छन्।
प्रकाशित: ९ मंसिर २०८२ १५:५७ मंगलबार