खेल

लुम्बिनीलाई सुरुवाति झड्का, सुवासले लिए पहिलो विकेट

विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच जारी नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो क्वालिफायर खेलमा लुम्बिनीले खराब सुरुवात गरेको छ।

टस हारेर ब्याटिङमा उत्रिएको लुम्बिनीले दोस्रो ओभरमै आफ्नो पहिलो विकेट गुमाएको हो।

विराटनगरका बलर सुवास भण्डारीले खेलको १.६ ओभरमा टोलीलाई पहिलो सफलता दिलाए। उनले लुम्बिनीका ब्याटर दिनेश अधिकारीलाई आउट गराएका हुन्।

दिनेश अधिकारी ५ बलको सामना गर्दै जम्मा १ रन बनाएर पेभेलियन फर्किए।

प्रकाशित: २५ मंसिर २०८२ १६:१२ बिहीबार