विराटनगर किंग्सको पहिलो खेलमै ओपनर लोकेश बम चम्किएका छन्। पोखरा एभेन्जर्ससँग जारी खेलमा लोकेशले अर्धशतक प्रहार गरेका हुन्।
लोकेशले अर्धशतक पूरा गर्ने क्रममा ३७ बलको सामना गरेका छन्। जसमा उनले ५ छक्का प्रहार गरेका छन्। लोकेशले न्युजिल्यान्डका लेजेन्ड ब्याटर मार्टिन गप्टिलसँग आक्रामक शतकीय साझेदारी पनि पूरा गरिसकेका छन्। गप्टिलले पनि यसअघि नै अर्धशतक पूरा गरिसकेका छन्।
प्रकाशित: २ मंसिर २०८२ १७:१३ मंगलबार