नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजन अन्तर्गत विराटनगर किंग्सका ओपनर लोकेश बमले कर्णाली याक्सविरुद्ध अर्धशतक बनाएका छन्।
लोकेशले ३० बलमा ६ छक्का र एक चौकाको सहयोगमा अर्धशतक पूरा गरेका हुन्।
यसअघि शेहान जयसूर्या १० रन बनाएर रन आउट भएका थिए। यस्तै, चरिथ असलंका ३ र इमरान शेख ५ रन बनाएर आउट भए।
टस हारेर ब्याटिङ गरिरहेको विराटनगरले ९.२ ओभरमा तीन विकेटको क्षतिमा ७४ रन बनाएको छ।
प्रकाशित: १२ कार्तिक २०८३ १७:४९ बिहीबार