खेल

केन र बायर्नबीच सम्झौता नवीकरणबारे अर्को साता वार्ता

बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केनले सन् २०२७ पछि पनि क्लबमा रहने गरी नयाँ सम्झौताका लागि छलफल सुरु गर्ने भएका छन्।

बिदा मनाएर फर्किएका ३३ वर्षीय केनले सोमबार आफ्नो पक्ष र बायर्नबीच सम्झौता नवीकरणबारे चाँडै वार्ता हुने पुष्टि गरेका हुन्। उनको हालको सम्झौता २०२७ सम्म रहेकाले अब नयाँ सम्झौताका लागि छलफल गर्ने समय आएको उनले बताएका छन्।

केनका अनुसार दुवै पक्षबीच अर्को साता वा त्यसपछिको साता वार्ता सुरु हुनेछ। उनले बायर्नसँगको छलफललाई लिएर आफू र क्लब दुवै पक्ष निकै सहज अवस्थामा रहेको बताएका छन्। केन र बायर्न दुवै नयाँ सम्झौताका लागि सकारात्मक रहेको बताइएको छ। मुख्य विषय भने नयाँ सम्झौता सन् २०२९ सम्म गर्ने वा २०३० सम्म लम्ब्याउने भन्नेमा केन्द्रित हुने सम्भावना छ।

केन सन् २०२३ मा टोटनहमबाट बायर्न पुगेका थिए। जर्मन क्लबमा आएयता उनले टोलीको मुख्य गोलकर्ता रूपमा प्रभाव जमाउँदै आएका छन्। अब नयाँ सम्झौता भए केनले बायर्नसँगको आफ्नो बसाइ थप लम्ब्याउनेछन्।

प्रकाशित: २ भाद्र २०८३ ०७:५७ मंगलबार