खेल

जुनियर क्रिकेट लिग हुने

एन्जल्स हार्ट नेसनल स्कुलको आयोजनामा जुनियर क्रिकेट लिग भदौ ३ गतेदेखि हुने भएको छ।

प्रतियोगितामा अधिकतम १६ टिमको सहभागिता रहने आयोजक स्कुलका प्रिन्सिपल टकबहादुर थापाले जाकारी दिए। कक्षा १० सम्म अध्ययनरत विद्यार्थीले प्रतियोगितामा सहभागी हुन पाउने आयोजक स्कुलका खेलकुद विभाग प्रमुख सुमन तिमिल्सिनाले जानकारी गराए।

एन्जल्स स्पोटर्स क्रिकेट एकेडेमीको व्यवस्थापनमा हुने प्रतियोगिताका खेल मनमैजुस्थित एन्जल्स स्पोटर्स एकेडेमीमा खेलाइने प्रतियोगिता संयोजक कुशल खड्काले जनाएका छन्। खेल लिग कम नकआउट आधारमा हुनेछ।

प्रकाशित: २९ श्रावण २०८२ ०६:५९ बिहीबार