खेल

नेपालविरुद्ध जोन्सको आक्रामक अर्धशतक

आइसीसी पुरुष टी-२० विश्वकप २०२६ अन्तर्गत वानखेडे स्टेडियममा जारी नेपाल र स्कटल्याण्डबीचको खेलमा स्कटल्याण्डका ब्याटर माइकल जोन्सले आक्रामक अर्धशतक प्रहार गरेका छन्।

जोन्सको विस्फोटक ब्याटिङको मद्दतले स्कटल्याण्डले १० ओभरमा १ विकेट गुमाउँदै ८० रन जोडेको छ।

स्कटल्याण्डका ओपनर माइकल जोन्सले नेपाली बलरहरूलाई दबाबमा राख्दै मात्र ३१ बलमा आफ्नो अर्धशतक पूरा गरे।

उनले यस क्रममा ६ चौका र २ उत्कष्ट छक्का प्रहार गर्दै १६१.२९ को स्ट्राइक रेटमा रन बटुलेका छन्।

प्रकाशित: ५ फाल्गुन २०८२ २०:०९ मंगलबार