खेल

जनकपुरलाई पावरप्लेमै झट्का: २८ रन जोड्दा गुम्यो ३ विकेट

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार जारी खेलमा १२१ रनको सामान्य लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले पावरप्लेमै सुरुवाती धक्का व्यहोरेको छ।

सुदूरपश्चिम रोयल्सका बलरहरू चम्किएपछि जनकपुरले ६ ओभरको पावरप्लेमा ३ विकेट गुमाएर मात्र २८ रन जोडेको छ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा जनकपुरलाई जितका लागि अब बाँकी ८३ बलमा ९२ रन आवश्यक छ। हाल क्रिजमा त्रित राज दास १२ बलमा १ छक्कासहित १२ रन र रायन बर्ल १ रन बनाएर खेलिरहेका छन्।

सुदूरपश्चिमका लागि तीव्र गतिका बलर स्कट कुगेलेइनले घातक बलिङ गर्दै जनकपुरका दुई प्रमुख ब्याटरलाई पेभेलियन पठाए। उनले २.२ ओभरमा ओपनर अनिल साहलाई २ रनमै विकेटकिपर विनोद भण्डारीको हातबाट क्याच आउट गराए।

त्यसपछि ४.४ ओभरमा अनुभवी विदेशी ब्याटर ह्यारी टेक्टरलाई १ रनको व्यक्तिगत स्कोरमा कप्तान दीपेन्द्र सिंह ऐरीबाट क्याच गराए।

यसअघि ३.२ ओभरमा ओपनर आदित्य महतालाई हेमन्त धामीले अनिल खरेलको हातबाट क्याच आउट गराएका थिए। महताले ११ बलमा १ छक्कासहित १० रन बनाए।

सुदूरपश्चिमका लागि उत्कृष्ट सुरुवात दिलाउने क्रममा स्कट कुगेलेइनले ३ ओभरमा १२ रन दिएर २ विकेट लिए भने हेमन्त धामीले ३ ओभरमा १६ रन खर्चेर १ विकेट हात पारे।

प्रकाशित: २४ कार्तिक २०८३ १९:३७ मंगलबार