नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा चितवन राइनोजविरुद्धको खेलमा जनकपुरका कप्तान हर्मित सिंहले टस जित्दै ब्याटिङ रोजेका हुन्।
अंकतालिकामा चितवन राइनोज पाँच खेलबाट पाँच अंक जोड्दै पाँचौँ स्थानमा रहेको छ। त्यस्तै, जनकपुर बोल्ट्स छ खेलबाट चार अंकसहित छैटौँ स्थानमा छ।
आजको खेल दुवै टोलीका लागि प्लेअफ यात्राका दृष्टिले महत्वपूर्ण रहेको छ। चितवन जित निकाल्दै प्लेअफमा पुग्ने सम्भावना बलियो बनाउन चाहन्छ भने जनकपुर पनि जितको खोजीमा मैदान उत्रिएको छ।
चितवनको प्लेअफ सम्भावना कायमै रहँदा जनकपुरको भने गणितीय सम्भावना मात्रै बाँकी रहेको छ। त्यसैले जनकपुरका लागि आजको खेलमा जित निकाल्नु अनिवार्यजस्तै बनेको छ।
प्रकाशित: २७ कार्तिक २०८३ १६:५२ शुक्रबार


-600x400.jpg)
