खेल

आइपीएलः आइतबार दुई खेल हुँदै

जारी इन्डियन प्रिमियर लिग (आइपीएल)मा आइतबार दुई खेल हुँदैछ।

आज हुने पहिलो खेलमा लखनउ सुपर जाइन्ट र गुजरात टाइटन्सले प्रतिस्पर्धा गर्दैछन्। सो खेल  नेपाली समय अनुसार दिउँसो ३ः ४५ बजेदेखि सुरु हुनेछ।

जारी आइपीएलमा लखनउले ३ खेलमा दुईमा जित र एक हार बेहोरेको छ। त्यस्तै गुजरातले ३ खेलमा एक जित र २ हार बेहोरेको छ।

आजै हुने अर्को खेलमा मुम्बई इण्डियन्स र रोयल च्यालेन्जर्स बैंगलुरु आमने–सामने हुँदैछन्। मुम्बईस्थित वानखेडे स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार बेलुका ७ः४५ बजेदेखि सुरु हुनेछ।

जारी प्रतियोगितामा मुम्बईले २ खेल हारेको छ भने एक खेल जितेको छ। त्यस्तै साविक विजेता बैंगलुरुले २ खेलमा जित्दा एक खेलमा हार बेहोरेको छ।

प्रकाशित: २९ चैत्र २०८२ ११:२४ आइतबार