खेल

आईपिएलः पुछारको मुम्बईले गुजरातको सामना गर्दै

इन्डियन प्रिमियर लिग (आईपिएल)मा सोमबार गुजरात टाइटन्स र मुम्बई इन्डियन्सबीच खेल हुँदैछ। अंक तालिकाको पुछारमा रहेको मुम्बइ र छैठौं स्थानमा रहेको गुजरात बीचको खेल ७ः४५ बजे अहमदावादमा हुनेछ।

गुजरातले टस जितेर पहिला बलिङ रोजेपछि मुम्बईले पहिला ब्याटिङ गर्नेछ।   

सुरुवाती दुई खेल गुमाएपनि पछिल्ला तीन खेलमा जित निकालेको शुभमन गिलको गुजरात मुम्बईविरुद्ध जित निकाल्दै कम्तीमा दुई स्थान सुधार गर्ने योजनामा हुनेछ। 

आफ्नो पहिलो खेल जितेपनि सोपछिका चार खेलमा लगातार हार भोगेको हार्दिक पाण्डेयको मुम्बई लयमा फर्कने योजनामा हुनेछ। 

प्रकाशित: ७ वैशाख २०८३ १९:१४ सोमबार