खेल

एसिया कप खेल्ने भारतीय टोलीको घोषणा, सूर्यकुमारलाई कप्तानको जिम्मेवारी

भारतले एसिया कपका लागि राष्ट्रिय टोली घोषणा गरेको छ । आगामी सेप्टेम्बर ९ मा सुरु हुने प्रतियोगिताका लागि सूर्यकुमार यादवको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरिएको हो । 

भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले सार्वजनिक गरेको खेलाडीमा टेस्ट क्याप्टेन शुभमन गिललाई एकदिवसीय क्रिकेटको उपकप्तान बनाइएको छ । हार्दिक पाण्डेय, अक्षर पटेल, जसप्रित बुमराह, कुलदीप यादव जस्ता अनुभवी खेलाडी पनि टोलीमा परेका छन् । 

युवाहरुको बाहुल्यता रहेको भारतीय टोलीमा अभिषेक शर्मा, तिलक वर्मा, शिवम दुबे, जितेश शर्मा, अर्शदीप सिंह, वरुण चक्रवर्ती, सञ्जु स्यामसन, हर्षित राणा र रिंकु सिंह पनि सहभागी हुनेछन् । एसिया कपमा स्यामसन र जितेश शर्माले ग्लोब्स् लगाउनेछन् ।

यूएईमा हुने प्रतियोगितामा भारत समूह एमा छ । भारतसँगै पाकिस्तान, आयोजक यूएई र ओमान समूह ए मा छन् । भारतले आफ्नो पहिलो खेल सेप्टेम्बर १० मा आयोजक यूएईसँग खेल्नेछ । पाकिस्तान र भारतबीचको खेल भने सेप्टेम्बर १४ मा हुनेछ । 

समूह बीमा अफगानिस्तान, श्रीलंका, बंगलादेश र हङकङ छन् । समहूको शीर्ष दुईमा रहने टोलीले सुपर फो खेल्नेछन् । सुपर फोका शीर्ष दुई टोलीबीच फाइनलमा प्रतिस्पर्धा हुनेछ । फाइनल सेप्टेम्बर २८ मा हुनेछ ।

प्रकाशित: ३ भाद्र २०८२ १६:०८ मंगलबार