भारतीय महिला क्रिकेट टोलीले पहिलो टी–२० खेलमा श्रीलंकालाई आठ विकेटले हराएको छ। यस खेलमा भारतको बलिङ र ब्याटिङ दुवै उत्कृष्ट रह्यो।
भारतले टस जितेर श्रीलंकालाई पहिले ब्याटिङको निम्तो दिएको थियो। श्रीलंकाली टोलीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १२१ रन मात्र बनाउन सक्यो।
१२२ रनको लक्ष्य पछ्याउन उत्रिएको भारतीय टोलीले १४.४ ओभरमै खेल आफ्नो पक्षमा पा¥यो। यस क्रममा भारतले दुई विकेट मात्र गुमायो।
भारततर्फबाट जेमिमा रोड्रिग्सले सर्वाधिक ४४ बलमा ६९ रन बनाइन्। यस उत्कृष्ट प्रदर्शनका लागि उनलाई ‘प्लेयर अफ द म्याच’ घोषित गरियो। स्मृति मन्धानाले २५ रनको योगदान दिइन्।
बलिङतर्फ क्रान्ति गौड, दीप्ति शर्मा र श्री चरणीले एक–एक विकेट लिए।यस जितसँगै पाँच खेलको टी–२० सिरिजमा भारत १–० ले अघि बढेको छ। एजेन्सी
प्रकाशित: ७ पुस २०८२ ०८:०७ सोमबार